राजनीति

सरकार भजन गाउँन मस्त, कोरोना बढेको बढै, अब त अति भोः गगन थापा

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले सरकारले मुलुकमा कोरोना नियन्त्रणमा ध्यान दिनुको साटो पार्टीको आन्तरिक खिचातानीमा व्यस्त भएको भन्दै कटाक्ष गरेका छन् ।

लकडाउन खुलेयता कोरोना फुसको आगोजसरी फैलिरहेका बेला सरकार भजन गाउँन मस्त रहेको भन्दै अब त अति भो भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले मुलुकमा कोरोना फैलिएरहँदा प्रधानमन्त्री केपीशर्मा ओली पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त हुने तर परिक्षणको दायरा बढाउन नसकेको र अस्पताल केन्द्रित तयारी गर्न नसकेको टिप्पणी गरेका छन् ।

नेता थापाले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सरकार अब अति भो भन्नुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः .@PM_Nepal ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ (सरकार अब अति भो !