समाचार

कुवेतले लगायो नेपाल सहित विभिन्न सात देशका नागरिकलाई प्रवेशमा रोक

१६ साउन, काठमाडौं । कुवेतले नेपाल सहित विभिन्न सात मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कुवेत सरकारले अगष्ट १ देखी नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश,श्रीलंका, ईरान र फिलिपिन्स गरी सात देशका नागरिकलाई अनिश्चितकालीन रोक लगाएको हो ।

विभिन्न मुलुकमा तिब्र फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेतले यस्तो निर्णय लिएको हो । साथै लकडाउनका कारण कुबेतमा अलपत्र परेका नेपाली नागरिकलाई सरकाले चार्टड उडानमाफर्त नेपाल ल्याएको पनि छ ।

यस्तै कुवेत सरकारले विश्वव्यापी रुपमा कोरोना फैलिएपछि करिब साढे तीनमहिनादेखी बन्द अन्तराष्ट्रिय हवाई सेवा अगष्ट १ देखी फेरी खुला गर्दैछ ।