पु.समाचार

कोरोना संक्रमणबाट नेपालमा थप दुई पुरुषको मृत्युः जम्मा मृतक ५४

१६ साउन, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना माहामारीले विकराल रुप लिँदै गएको छ । लकडाउन खुलेएता संक्रमीत हुने र मृतकको सङख्या बढ्दै गएको छ । यस्तै फेरी नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जामा बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको हो । यद्यपी स्वास्थ्य मन्त्रालयले भने मृतकको पुष्टि गरेको छैन । हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो ।

कोरोना अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका–१६ नगवाका ३५ वर्षे युवाको उपचारको क्रममा मृत्यु भएको डा निरज सिंहले जानकारी दिएका छन् । मंगलबार अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार करिब साढे सात बजे मृत्यु भएको डा सिंहले बताएका छन् । उनी साउन ५ गते ज्वरो आएर एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन् । यस्तै मृतकसहित पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।