अन्तर्राष्ट्रिय

लकडाउनलाई खुकुलो बनेपनि इयूको वेरोजगार दरमा सामान्य वृद्धि

एजेन्सी । जुन महिनामा यूरोपेली संघ (ईयू) क्षेत्रमा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि अपनाइएका बन्दाबन्दीलगायतका प्रतिबन्धात्मक उपायमा केही खुकुलो भएपनि बेरोजगारी समस्यामा अझै सामान्य वृद्धि नै देखिएको ईयूको बिहीबार सार्वजनिक आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यद्यपि बन्दाबन्दी तथा नियन्त्रणका अन्य उपायलाई खुकुलो पारेसँगै उपभोक्ताहरूको विश्वासमा सुधार आएको तथ्याङ्कमा उल्लेख छ । यूरोपेली १९ मुलुक,जसले एकल मुद्रा (यूरो)को प्रयोग गर्दै आएका छन्, हरू तथा अन्य (ईयू) अन्तर्गतका यूरोपेली राष्ट्रहरूमासमेत मौसमीरूपमा समायोजन गरिएको वेरोजगारी दर जुनमा ७.८ प्रतिशत रहेको छ । जुन अघिल्लो महिनाको ९७.७ प्रतिशत० बाट ०.१ प्रतिशत को वृद्धि हो ।

वेरोजगारी दर वृद्धिको प्रमुख कारण भने महामारीलाई नै मानिएको छ । तर कोरोनाभाइरस महामारी र यसको परिचरक बेरोजगारी गणना गर्ने विधिललाई आर्थिक बन्दाबन्दीका कारण हुने रोजगारी गुमाउने वास्तविक मापनलाई मान्यता दिन नसक्ने यूरोस्टाट नामक निकायले चेतावनी दिएको छ ।

यूरोस्ट्याटले बेरोजगारहरूको अन्तर्राष्ट्रिय श्रम संगठनको परिभाषा प्रयोग गर्दै बितेका चार हप्तामा सक्रियताका साथ काम खोजी गरिरहेका मानिसहरू र अर्को दुई हप्ताभित्रमा काम सुरू गर्ने श्रमिकलाई वेरोजगार दर मापनका लागि आधार बनाउने जनाएको छ ।

“यसैबीच, बेरोजगारी एजेन्सीहरूमा दर्ता गर्नेहरूको एक महत्वपूर्ण हिस्सा अहिले सक्रियताका साथ रोजगारीको खोजीमा छैनन्, उदाहरणका लागि बन्दाबन्दीका उपायहरू द्वारा सीमित वा कामको लागि अहिले उपलब्ध हुन नसक्ने देखिन्छ । उदाहरणका लागि बन्दाबन्दीको समयमा आफ्ना नानीबाबुहरू वा अविभावकको स्याहारमा रहेका व्यक्ति यतिवेला काम गर्न सम्भव छैन,” युरोस्ट्याटले भनेको छ ।

“यसले आईएलओको परिभाषा बमोजिम दर्ता भएका बेरोजगार र बेरोजगारको रूपमा नापिएका व्यक्तिहरूको सङ्ख्यामा संगति नल्याउने देखिन्छ ।” यूरोस्ट्याटको अनुमानमा एक करोड ५० लाख २३० व्यक्ति ईयूमा बेरोजगार छन्, जसमध्ये एक करोड २६ हजार ८५० वेरोजगार रहेका छन् ।