बाग्मती

१५ किलो सुनकाण्डमा बिबादमा तानिएका डिएसपी दहाललाई दरबारमार्गबाट गरियो सरुवा

१५ साउन, काठमाडौँ । दरबारमार्गका डिएसपी रञ्जन दहाल हटाईएका छन् ।

१५ किलो सुन काण्डको अनुसन्धानमा बिबादास्पद देखिएका डिएसपी दहाललाई आज उक्त सुन प्रकरण छानबिन सहज होस भन्दै हटाईएको हो ।

उनलाई सुन काण्डका अभियुक्त भगाएको, माथील्लो निकायलाई नभनी घटनास्थल परिवर्तन गरेको आरोप छ ।

एक गाडीबाट भाग्न मिलनेगरी सुन तस्करलाई छाडेको आरोप छ । दरबारमार्गमा अर्का डिएसपी रामशरण पौडेललाई लगिएको छ ।