पु.समाचार

६ हजार ३०४को परीक्षण गर्दा आज २७४ जनामा कोरोना पुष्टी

१५ साउन, काठमाडौं । आज २७४ जनामा कोरोना संक्रमण भेटिएको छ । ६ हजार ३०४ जनामा गरिएको परीक्षणमा उक्त संख्या भेटिएको हो ।
५ हजार २२७ जना सकृय संक्रमित, आज डिस्चार्ज हुने २२७ र जम्मा आजसम्म कोरोना डिस्चार्ज भएर घर जानेको संख्या १४ हजार २४८ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।

आज परीक्षण बढाउँदा संक्रमितहरु पनि बढेको देखिएको छ ।