पु.समाचार

कांग्रेसको अनुशासन समितिको कार्यक्षमतामाथि वरिष्ठ नेता पौडेल असन्तुष्ट

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि गम्भिर प्रश्न उठाएका छन् ।

पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् ।

उनले विगत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध उमेदवारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असंतुष्टी जनाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १मा वागी उमेदवारी दर्ता गरेको गोविन्दराज जोशीसंग जोडेर सिटिङ्ग संसद तथा उम्मेदवारी खेसिएका कैलालीका श्री पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको उल्लेख गरेका छन् ।