आर्थिक

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता

१५ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीचनेपाल चिकित्सक संघ संग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेकाचिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुतथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
राज्यको अभिन्न अंङ्गको रुपमा रहेको चिकित्सा क्षेत्रमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवाप्रदानगर्नेछ ।बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।