समाचार

लकडाउनमा सस्तीएको तरकारीको भाउ चर्कियोः हेर्नुहोस् (मुल्य तालिकासहित)

१५ साउन, काठमाडौं । लकडाउनको समयमा केहि सस्तीएको तरकारीको मुल्य फेरी चर्किएको छ ।

लगातारको वर्षाका कारण वाढी, पहिरोले गर्दा विभिन्न स्थानबाट तरकारी उपत्यकामा प्रवेश गर्न कठिन भएपछि तरकारीको मुल्य आकासिएको छ । लकडाउ खुले लगत्तै अहिले बजारमा तरकारी, फफुल, लगाएतकों मुल्य छुन नसक्नु भएको छ । तरकाररीको लगाएतको सामानको मुल्य आकासिँदा उपभोक्ता निकै मारमा परेका छन् ।

आज बजारमा गोलभेडा, आलु, बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले सार्वजनिक गरेको होलसेल मूल्य अनुसार तरकारीको मुल्य बढेको देखिएको छ । आज समितीका अनुसार गोलभेडा किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आलु किलोको ५४ देखी ६९ रुपैया, काउली किलोको १ सय १५ रुपैया, घिरौला र फर्सि किलोको ५५ देखी ६० रुपैया, काउली किलोको १ सय १५ देखी १ सय २० रुपैया रहेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य हेर्नुहोस्ः