राजनीति

सरकार आफ्नै द्वन्द्वमा मस्त छ आश नगरौं, कोरोनाबाट बच्न आफैं सतर्क बनौंः महामन्त्री खड्का

१५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाी कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकार आफ्नै द्वन्द्वमा मस्त रहेकाले सरकारको आशा नगरी कोरोनाबाट बच्न आफैं सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले कोरोना भाईरस संक्रमणले नयाँ तरिकाले समुदायमा भयाबह रुपलिने खतरा भएको र नेकपाको सरकार भने आफ्नै आन्तरिक द्धन्दमा ब्यस्त र मस्त रहेकाले सरकारबाट अब धेरै आसा गर्नु नहुने बताएका छन् ।

प्रत्येक नागरिक आफ्नो स्वास्थ्य सुरक्षाको लागि आफै पूर्ण सतर्क र सचेत बन्नुपर्नेमा जोड दिँदै कोरोनाबाट बच्न प्रमुख र प्रथम उपाय यहि देखिने बताएका छन् । पछिल्लो समय पार्टीको आन्तरिक विवादका कारण सरकार जनताको स्वास्थ्यमा चासो नदिई विवाद मिलाउनमै व्यस्त देखिएको बेला महामन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन् ।

उनले अगाडी भनेका छन्ः त्यसैलेः मास्कको अनिबार्य प्रयोग गरौ ! पटक पटक साबुनले मिचि-मिचि हात धोउँ ! सेनिटाईजर प्रयोग गरौ ! कम्तिमा ! मिटरको सामाजिक दुरि कायम गरौ !कोरोनाबाट आफु बचौ , अरुलाई पनि बचाऔं ।

 

उनको स्टाटसः कोरोना भाईरस संक्रमणले नयाँ तरिकाले समुदायमा भयाबह रुपलिने खतरा बढ्दै छ, नेकपा सरकार आफ्नै आन्तरिक द्धन्दमा ब्यस्त र मस्त छ, सरकारबाट अब धेरै आसा नगरौ , हामी सबै प्रत्येक ब्यक्ति आफ्फ्नो सुरक्षाको लागि आफैफै पूर्ण सतर्क र सचेत बनौ, प्रमुख र प्रथम उपाय यहि देखिन्छ, त्यसैले समास्कको अनिबार्य प्रयोग गरौ ! पटक पटक साबुनले मिचि–मिचि हात धोउँ ! सेनिटाईजर प्रयोग गरौ ! कम्तिमा ! मिटरको सामाजिक दुरि कायम गरौ ! रोनाबाट आफु बचौ , अरुलाई पनि बचाऔं सबैको जयहोस जय ! नेपाल