आर्थिक

दुईजनाको निधन भएको पुष्टी गरेको केहीबेरमा मोरगंका एक ब्यक्तीको कोरोनाका कारण निधन

१४ साउन, बिराटनगर । अपरान्ह बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ४५ बर्षिया एक पुरुषको कोरोना भाईरस संक्रमणको कारण निधन भएको छ ।

मोरगंको सुनवर्शी नगरपालीका उनलाई ज्वरो बढेपछि कोशी अञ्चल अस्पतलाल बिराटनगर लगिएको र उनको स्वाव संकलनपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि धरान रिफर गरिएको थियो ।

धरान रिफर गरिएका उनको पौने ५ बजे निधन भएको अस्पतालका प्रवक्ता दिनेश साप्कोटाले बताए । आजमात्र दुईजनाको कोरोनाका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको भएपनि एकजनाको निधनले थप मानविय क्षती भएको छ ।