साहित्य

प्यारो दुस्मन ! तँ सधैंभरि मेरो मात्र कुरा गर !!

                        – सनत कुमार थापा                             –   कविता

दुश्मन तैले यति बिघ्न नगरेको भए आज म किन यति हुन्थे।
तैले पटक पटक नघोचेको भए म किन सोच्न बाध्य हुन्थे।।

धुपौरेहरू वरिपरि राखि त भट्टीमा बसि खित्का छाड्छस्।
अनि दुःख दिन पाएकोमा रक्सीको सुरमा गदगद् हुन्छस्।।

तैले घोच्दा पिडा त मलाई असयनै भै केहि कराउन बाध्य हुन्थे।
तर के थाहा तलाई म झन निखार र तिखार भई अगाडी बढ्थे।।

विश्वकर्माले तरवारमा धार लगाउदा तरवारले केहि भाग गुमाउछ।
झन धारिलो भई तरवारले अगाडी आएका दुश्मनलाई छिनाउछ।।

सधै यसै गरि पछाडी लागी राख मेरो तलाई मुरी मुरी शुभकामना।
म सचेत हुदै अगाडी बढ्दै जान्छु तलाई हुन्छ पश्चाताप अन्तिममा।।

अझ सधैं यसै गरि पछाडी लाग, दुई जना भेला हुँदा पनि मेरै कुरा काट।
मेरो बिषयमा अनुसंधान गरि पछि लाग, त जिवनमा कहिले नथाक।।

तेरो भ्रमको खेतिमा अल्मलिएका सिधा र ईमान्दार मानिसले तलाई छोड्छन् ।
ति सब ईमान्दारहरू कुरो बुझी अब हेर्दै जा मेरो समर्थनमा लाग्छन् ।।

मेरो योग्यताको कुरा गर, मेरो क्षमताको कुरा गर, मेरो जातको कुरा गर।
ए मेरो शुभचिन्तक अनि प्यारो दुस्मन त सधैं भरि मेरो मात्र कुरा गर।।