कर्णाली प्रदेश

वाढी/पहिरोको दुर्दसाः कालिकोटमा पहिरो जाँदा ८ को मृत्यु

१४ साउन, काठमाडौं । विगत केहि दिन देखीको अविरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा वाढी/पहिरोले बितन्डा मच्याएको छ । कयौंको ज्यान लिएको वाढी/पहिरोले विभिन्न स्थानका नागरिकलाई घरबार बिहिन बनाएको छ ।

यसै क्रममा कालिकोटमा गएराति पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । पहिरोमा परेर एकै परिवारका ७ सहित ८ को ज्यान गएको हो ।

गाउँपालीकाको वडा नम्बर ७ मा गएराति गएको पहिरोले ६५ वर्षका गंगे वुढाको घर पुरिँदा उनिसहित ६१ वर्षीया श्रिमती नैना, २४ वर्षीया बुहारी कुशा,१८ वर्षकी छोरी बिमला, १० वर्षकी नातिनि चन्द्रिका, ७ वर्षका नाति राम बुढा र १ वर्षका चरित्र वुढाकोको मृत्यु भएको छ ।

५ जनाको घटनास्थलमै र एक जनाको उद्धारगरी अस्पताल लगिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख, डिएसपी श्याम ओलियाले जानकारी दिएका छन् ।

यस्तै सोहि गाउँपालीका बडानम्बर ४ का ६५ बर्षका बाले कुढाको घर पहिरोले पुरिँदा उनकी ६५ वर्षकी श्रिमतीको मृत्यु भएको छ । साथै बाले बुढा भने पहिरोमा बेपत्ता भएकाले खोजिकार्य जारी राखिएको ओलिएकाले बताएका छन् ।