गण्डकी प्रदेश

पहिराले पृथ्वीराजमार्ग तनहुँको आँबुखैरेनी अवरुद्ध

दमौली, १४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिएका छन् ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटोमै रोकिएका छन् ।