पु.समाचार

पर्सा र काठमाडौंमा फेरी थप प्रहरीमा देखियो कोरोनाः कति पुगे ?

१४ साउन काठमाडौं । पर्साको वीगन्जमा ३४ जनामा कोरोना संक्रमण पष्टि भएको छ । नारायणी अस्पतालको पीसिआर प्रयोगशालामा गरेको परिक्षणमा सेना, प्रहरी र कैदिबन्दी सहित थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२ देखी ३५ जना संक्रमीतमा ५ जना बालबालिका र १० जना महिला पनि रहेका छन् । पर्सामा कोरोना संक्रमीत बढेर व्यवस्थापनमा समस्या भईरहेकाबेला पछिल्लो समय झनै संक्रमीत थपिँदै गएका छन् ।

साथै संक्रमीत मध्य २० जना वीरगन्जकै मात्र छन् । वीरगन्जमा समुयाय स्तरमै कोरोना देखिन थालेको छ । वीरगन्जको वडा नम्बर ९, ५, ४, ११ श्रीपुर, आर्दशनगर, बेल्वा,भेष्वा र सिर्सियाका स्थानीय वासिन्दा भएको खुलेको छ ।

यस्तै संक्रमीत हुनेको नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३, कैदिबन्दी ६, कारागारका कर्मचारी २, स्वास्थ्कर्मी १ जना र आफैले पैसा तिरेर परिक्षण गराएका १ जनामा संक्रमण देखिएको हो ।

यता काठमाडौंको प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यत थप ६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जनामा पुष्टि भएको छ ।