अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा फेरी एकपटक पुनः कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन गरेका छन् । उनले भने, ‘मलेरियाको औषधी कोभिड–१९ को उपचारमा यसकारण खारेज गरिँदै छ किनभने यसको प्रयोगमा मैले सल्लाह दिएको हुँ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘जब म कुनै कुरा सिफारिश गर्छु तब उनीहरु यसलाई खारेज गर्न मन पराउँछन् ।’यद्यपि, यो औषधी कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण भने भेटिएको छैन ।

विशेषज्ञका अनुसार यो औषधीको प्रयोगले मुटुरोग सम्बन्धि समस्या बढ्ने गर्छ । गत महिना मात्रै अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडीए० ले कोरोना संक्रमणको उपचारमा यो औषधीको प्रयोगको विषयमा चेतावनी जारी गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण नभेटिएको बताइसकेको छ । उनको यो बयान अघि ट्वीटरले उनका छोरामाथि यो दाबीको प्रशंसा गर्दै भिडियो पोस्ट गरेपछि १२ घण्टासम्म उनलाई प्रतिबन्ध लगाइएको छ ।

कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनलाई डोनल्ड ट्रम्पले सबैभन्दा पहिले मार्चमा प्रभावकारी बताएको थियो । ७३ वर्षका डोनल्ड ट्रम्पले त्यसपछि मे मा आफूले यो औषधीको सेवन गरेको जानकारी दिए ।

उनले मंगलबारको पत्रकार सम्मेलनमा भने, ‘१४ दिनसम्म यो औषधीको सेवन गरेपछि मैले कुनै साइड इफेक्ट पाइनँ । म आफ्नो धारणा मात्रै राख्न सक्छु । थुप्रै अध्ययनपश्चात् मलाई लाग्छ कि सुरुवाती चरणमा यो औषधी प्रभावकारी छ । मेरो विचारमा यसको प्रयोगमा कुनै हानी छैन । नभए यो यति लोकप्रिय हुने थिएन ।’