खेलकुद

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको सहज जित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डीएम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ । इन्टरले च्याम्पियन युभेन्ट्ससँगको अंक दुरी समेत घटाएको छ । युभेन्ट्सको ८३ अंक रहेको छ । नापोली ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।