अन्तर्राष्ट्रिय

तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

एजेन्सी । तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।

मङ्गलबार नै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो ।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भने, “सबै मुजाहिद्दीन ९तालिबानी लडाकू० लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।”

यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए ।