अन्तर्राष्ट्रिय

शान्ति वार्ता ‘एक हप्ताभित्र’ सुरु हुन्छः राष्ट्रपति घानी

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता सुरू हुने मङ्गलबार बताएका छन् ।

तालिम तालिमसँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी एक हप्तामा शान्ति वार्ता सुरु हुने राष्ट्रपतिले बताए ।

“शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,” घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बताएका छन् ।

सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्नेछ, उनले तालिवान विद्रोहलाई शान्तिवार्तामार्फत अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।