पु.समाचार

स्थायी समिति बैठकपछि तनावमा रहेका प्रधानमन्त्री बामदेवलाई भेट्न भैंसिपाटीमा

१३ साउन, काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष बामदेब गौतमलाई भेट्न उनकै निवास भैसिपाटी गएका छन् । आजको नेकपा स्थायी समिति बैठक प्रधानमन्त्रीले एकतर्फि रुपमा स्थगीत गरेपछि २९ जनाको सहभागीतामा बसेपछि तनावमा परेका प्रधानमन्त्ती ओली बामदेबको समर्थन खोज्न उनकै निवासमा गएका हुन् ।
१० पटक स्थगीत भएको स्थायी कमिटि बैठक स्थगीत भएको भन्दै प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालबाट बताएपछि चिढिएका नेताहरु बालुवाटारमा प्रधानमन्त्रीको अनुपस्थिितिमा नै बसेका थिए । ४४ जना स्थायी समितिमा १५ जना भने उपस्थित थिएनन् । सचिवालयमा ९ जना रहेकामा प्रधानमन्त्रीले बामदेव गौतमलाई फकाएमा बहुमत पुग्ने जोडघटाउन भएका कारण उनी आज निवासै पुगेका हुन सक्छन् भन्ने राजनीतिक बिश्लेषण छ ।
आजमात्र ६ बुंदे प्रस्तावमा अध्यक्ष र प्रधानमन्त्री दुबैबाट ओलीलाई हटाउनु हुनन भनेका उपाध्यक्ष गौतम स्थायी समिति बैठकमा उपस्थित थिए । प्रधानमन्त्रीसँग महासचिव बिष्णु पौडेल साथमै रहेको बताईएको छ ।