आर्थिक

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त

१३ साउन, काठमाडौं । निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको छ ।

विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी भएको छ ।

यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।