आर्थिक

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा

१३ साउन, काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्गसेवाहरु संचालनगर्दै आइरहेको छ । सोही क्रममा बैंकले यही श्रावण १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्तगर्न सक्नेछन् ।

यो सेवाप्रयोग गर्न मोबाइल बैंकिङ्गएप“सानिमा सजिलो ई बैंकिङ्ग”बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर त्तच् ऋयमभ कअबलगरी भुक्तानी प्राप्तगर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिनासिधै डिजिटल काउन्टरमा रहेको त्तच् ऋयमभ कअबल गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवाहाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामाथप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।