राजनीति

बामदेब फेरि नजिकिए प्रधानमन्त्री ओलीसँग, अध्यक्ष/प्रधानमन्त्रीबाट राजीनामा नदिन प्रस्ताव

१३ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेब गौतमले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालबिचको बिबाद मिलाउन ६ बुंदे प्रस्ताव गरेका छन् ।

नेकपाका शक्तीशाली नेतासमेत रहेका नेता गौतमले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट बाँकी कार्यकाल र महाधिभेशनसम्म हटाउन नहुने प्रस्ताव गरेका छन् भने अध्यक्ष दहाललाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको हैशियत दिनुपर्ने उनको प्रस्ताव छ । नेता गौतमले पार्टीका बैठकहरु प्रधानमन्त्री निवासमा भईरहेको बिबादमा सबै कार्याक्रम पार्टी कार्यालयमा गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।

उनले पार्टी केन्द्रीय सचिवालयको निर्देशन बमोजिम सरकार पुनःगठन, राजीतिक नियुक्ती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महशत्वका बिषयमा निर्णय लिँदा सरकारले गर्नुपर्ने, महाधिवेशन सहमतिमा गर्नुपर्ने लगायतका प्रस्ताव गरेका छन् । उनले संसदमा बजेट प्रश्तुत गर्दा पार्टीको सचिवालयसँग छलफल गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।

नेता गौतमले प्रधानमन्त्री ओलीको दुबै पदबाट राजीनामा मागेका भएपनि यो प्रस्तावपछि उनी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग नजिकिएको देखिन्छ । नेकपाका अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल प्रधानमन्त्री ओलीसंग चिढिएर भाषण दिईरहेका बेला प्रधानमन्त्रीप्रति उपाध्यक्ष गौतमले नरम प्रस्ताव गर्नु राजनीतिकबृतमा जोडघटाउ गर्दा महत्वपूर्ण हुने देखिन्छ ।

यस्तो थियो पार्टी एकता हुँदाको सहमती