पु.समाचार

नेकपा आजको स्थायी कमिटी बैठक पनि अनिश्‍चितकालका लागि स्थगीत

१३ साउन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजका लागि डाकीएको स्थायी कमिटी बैठकपनि अनिश्‍चितकालका लागि स्थगीत भएको छ ।

पटक–पटक स्थगीत हुँदै आएपछि आज बिहान ११ बजेका लागि डाकीएको बैठक अन्तमा आएर स्थगीत गरिएको छ । नेकपाका प्रचार विभाग उप-प्रमुख सुर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।

साथै यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएका बैठक आजलाई डाकिएको थियो । आजको स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने प्रयासस्वरूप बैठक केही दिनका स्थगीत गरिएको नेताहरूले जानकारी दिएका छन् ।

यद्यपि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीको पछिल्ला केहि अविव्यक्तिका कारण नेकपामा आन्तरिक बिबाद भैरहँदा स्थायी कमिटीको बैठक स्थगीत हुँदै आएको छ । दुई अध्यक्षबीच उक्त विवादको विषयमा छलफल हुुँदै आएपनि कुनै ठोस सहमती हुन सकेको छैन ।