राजनीति

भ्रष्टाचारी र संगठीत शक्ती नेकपासँग यही पाराले काँग्रेसले निर्बाचन जित्न सक्दैनः डा कोईराला

१३ साउन, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले बिपी कोईराला को ३८ औं स्मृति दिवशको अवशरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा गरिएको भर्चुअल बैठकमा बोल्दै बिपीले राष्ट्रियता, प्रजातन्त्र र समाजबादको परिभाषा र ब्याख्या गर्नुभएको बताएका छन् ।

डा कोईरालाले नेपालीह्रु जुनसुकै भाषा, जाती भएपनि राष्ट्रियता एउटै हुनुपर्छ भनेको बताएका छन् । उनले राष्ट्रयता वा प्रजातन्त्रलाईमात्र समातेर गए दुर्घटनामा पर्ने बताएको स्मरण गरेका छन् । डा कोईरालाले बिपीले प्रजातान्त्रीक समाजबादको बिषयमा ४५ बर्ष अघि उठाएको बिषय अहिले कोरोना महामारीका बिषयमा बढि सान्दर्भीक हुँदै गएको बताए । उनले राष्ट्यिताका बिषयमा आफू राजासँग भएको तर प्रजातन्त्रको बिषयमा जनतासँग भएको बताएको खुलाएका छन् ।

कालापनी, लिपुलेक र लिम्पियाधुराका बिषयमा राम्रो काम भएको भन्दै उग्र राष्ट्रबाद र अन्ध राष्ट्बादको बिषयमा क्लियर हुनुपर्ने बताए । डा कोईरालाले आफ्नै पार्टीका नेतालाई प्रयोग गरेर भारतले मलाई ढाल्न खोज्यो भन्ने अनि भीनका राजदूतलाई अनावश्यक रुपमा सकृय गराउने कार्यमा लाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीति सन्तुलन मिलाउन नसकेको आरोप लगाए । डा कोईरालाले बिआरआई र एमसीसीको बिषयमा सन्तुलित अवस्थामा अगाडी बढ्न सकेमात्र मुलुकले फाईदा लिन सक्ने जिकिर गर्दै अहिले सरकारले गरेका कार्यहरु हेर्दा मुलुक अप्ठ्यारोमा पर्ने बताए । उनले बिआरआई चीनीयाको रणनीति र एमसीसी अमेरिकाको राणनीति भएके स्पष्ट बुझ्नुपर्ने भन्दै ककम्युनिष्टहरु एमसीसीको बारेमा मात्र बोलेको बताए ।

नोपली बिश्वको पहिलो शक्ती सम्पन्न हुने रणनीतिमा लागेको र उदाउँदो रुपमा देखिएके चीन र भारतको बिचमा बसेको नेपालले ज्यादै बुद्धिमतापूर्ण रुममा अगाडी नबढे समस्या हुने बताए । नेता कोईरालाले नागरिकताको बिषयमा नागरिक समाज लगायतमा एकरुपमा ल्याउन जरुरी भएको बताउँदै बुहारीलाई बिबाह गरेको ६ महिनामा नागरिकता दिनमिल्ने, ७ बर्षमा नागरिकता दिने र नेपाली काँग्रेसले ०६२ ६३ मा बिबाह गरेर आएपछि नागरिकता दिने भनेका गरी तीनवटा बिचार आएको बताउँदै महिला दिदीबहिनीहरु साँसदमा एउटा बोल्ने, समितिमा एउटा बोल्ने अनि बाहिर अर्कै बोल्ने बताए । २५ लाखभन्दा बढी नागरिकता पाएको बताउँदै १३ लाख नागरिकता पहाडमा पाएको गृहमन्त्रालयको रेकर्ड भएको दाबी गरेका छन् ।

१ लाख ७० हजार ५ जनाको सिफारिसमा पाएको भन्दै राष्ट्रियतालाईमात्र लिएर हिँडुनुपनि गलत भएको टिप्पणी गरेका छन् । उनले २००९ सालदेखी नेपालमा २०७७ सालसम्म ३ लाख ५४ हजारले अंगीकृत नागरिकता पाएको दाबी गरेका छन् । नागरिकताको बिषयमा संबिधानमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका महत्वपूर्ण पदहरुमा जान नसक्ने व्यवस्था स्पष्ट भएको बताएका छन् । बिबाह गर्नेबित्तिकै नागरिकताको प्रकृया शुरु गर्ने नियमका बिषयमा पनि के गर्दा राम्रो हुन्छ छलफल गरेर मिलाउनुपर्ने भन्दै एउटा घरमा छोरा र छोरी दुबैले बिदेशीसँग बिबाह गरेको खण्डमा एउटाले नागरिकता पाउने तर अर्कोले नागरिकता नपाउने भन्ने बिषय गलत भएको बताए। उनले लैंगीक समानताको जरुरी भएको स्पष्ट गरेका छन् ।

डा कोईरालाले नेकपाकै कारण संबिधान धरापमा परेको भन्दै बामदेवलाई प्रधानमन्त्री बनाउन संबिधान संसोधन गर्ने, बिधेयक ल्याउँदै संबिधान संसोधन गर्ने, संघीयता चलाउन गाह्रो पार्ने अवस्था लगायतको अवस्था श्रृजना गरेको बताए । उनले सिडिओलाई अझ बढी अधिकार दिने कार्यले संघीयताको बिषयमा प्रश्न उठाएको बताए । संघीयता आवश्यक छ छैन त्यो बिषयमा छलफल गर्ने बिषय भएको भएपनि सरकारले राष्ट्रिय अनुसँधान बिभाग, सम्पती शुद्धीकरण, आन्तरिक राजश्व बिभागलाई सरकारले नियन्त्रण गरेको भन्दै संबैधानिक निकायमाथी प्रहार गर्न थालेको आरोप लगाए ।

नेता डा कोईरालाले रञ्जन कोइराला लगायतको बिषयमा गरेका निर्णयहरुले न्यायपालीकामाथी जनताले बिश्वामश नगर्ने अवस्था आएको भन्दै आर्थिक अनियमीतता, भ्रष्टाचारका कुराहरुले सीमा नाघेको बताएक छन् । अख्तियार सरकारको नियन्त्रणमा आएको भन्दै बालुवाटार प्रकरणमा नेपाली काँग्रेसका नेताहरु दोषी ठहरीने अनि नेकपाका नेता, न्यायधीस दोषी नठहरीने कुरा भएको उनको तर्क छ । डा कोईरालाले सरकार पूर्र्र्ण रुपमा असफल भएको भन्दै प्रधानमन्त्री ओली जेपायो तेही बोल्ने थालेको भन्दै महामारी नियन्त्रणमा जवाफदेहीता, पारदर्शीता नभएपछि सफलता हाँशिल गर्न नसक्ने भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमको पनि आलोचना गरे । महामारीपछि सरकारहरु अधिनायकबादतर्फ लम्किने खतारा बढेको उनले बताए ।

डा कोईरालाले काँग्रेस अत्यन्तै अप्ठ्यारो परिस्थितमा गुज्रीएको भन्दै क्रियाशील नविकरण, बितरण, जिल्ला जिल्लामा गर्ने पार्टीले निर्णय गरेको भन्दै काँग्रेसलाई गाँउका जनताले बचाएको कुरामा दुईमत नभएको बताए । समायोजनको बिषयमा ठूलो समस्या भएको भन्दै काँग्रेसको निर्देशीकालाई कुल्चिएर काँग्रेसकै केन्द्रीय सदस्यहरुले बिबादित निर्णयहरु गरेको बताए ।

नेपाली काँग्रेस कमजोर नभएको बरु मानशिकता कमजोर भएको बताउँदै नेविसंघ, तरुण दल, महिला संघ भातृ र शुभेच्छुक संस्था आफैंसँग भएकोमा सभापति देउवा घमण्डी भएको जिकिर गरे । तरुण दलमा ४ जना राखेर ३ बर्ष चलाएको भन्दै सभापतिलाई मत्लव नै नरहेको देखिएको जिकिर गरेका छन् ।

उनले काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुमा निबाचन भएमा सबैमा देउवा पक्षले हार्ने भन्दै त्यही डरले सभापतिले निर्बाचन गर्न नचाहेको जिकिर गरेका छन् । उनले अधिवेशनहरु समयमा गरेर अगाडी बढ्न नसके लोकतन्त्र बलियो हुन नसक्ने भन्दै अमेरिका, अष्ट्रेलीया लगायतका जनसम्पर्क समितिमा निर्बाचन नगर्नु १४ औं महाधिवेशनमा आफ्नो पक्षमा माहौल बनाउने सभापति देउवाको षढ्यन्त्र भएको जिकिर गरे ।

नेता कोईरालाले भ्रष्टाचार गरेर पैसा कमाएको, बलियो र संगठीत पार्टी नेकपासँग यही पाराले लड्न नसक्ने ठोकुवा गर्दै संबैधानिक परिषदमा मान्छे राख्न सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका अन्य काँग्रेस नेताहरुसँग छलफल नगरी जानु गलत भएको बताए । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष धनन्जयनरसिँह केसी सभापति रहेको उक्त कार्यक्रममा डा कोईरला प्रमुख अतिथी रहेका छन् ।