मनोरञ्जन

‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक

१३ साउन, काठमाडौं । ‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन् । गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन् ।

गीतका एरेन्जर विजय थापा हुन् । तीजमा माईत जान मन नहुने चेली को होलान् र १ चेलीको त्यही भावनालाई गीतमा व्यक्त गरिएको छ । गीतको भिडियोमा हास्य कलाकार शिवहरी पौड्याल र निरु खड्कालाई हेर्न सकिन्छ ।

साथमा कलाकार मिस्री थापाको पनि भिडियोमा अभिनय रहेको छ । देवेन्द्र कुँवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले भिडियोको सम्पादन गरेका हुन् ।

गितको भिडियोः

 

https://youtu.be/qay2N-SNVh0?t=1