राजनीति

पटक–पटक स्थगीत हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

१३ साउन, काठमाडौं । पटक–पटक स्थगीत हुँदै आएको नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।

पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताईन । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उनले गरिन ।

कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् । यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा। विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बस्नुभएको थियो ।

त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिएका थिए । स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताएका छन् ।

गत असार १० गतेयता ८ पटकसम्म स्थगित गरीएको नेकपा स्थायी कमिटी बैठक पछिल्लोपटक गत ६ गते केहि घण्टालाई सारेर फेरी एक सातापछि आज (मंगलबार)सम्म लागि स्थगित गरीएको थियो । पार्टीमा देखिएको आन्तरीक कलह सतहमा देखिन थालेको ४ महिना पूरा भईसक्दा कुनैपनि निष्कर्ष ननिस्कीएका कारण नेकपा स्थायी कमिटी बैठक मिती तय गर्दै स्थगित गरिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई पद ९प्रधानमन्त्री र पार्टी अध्यक्ष० मध्ये एक खाली गर्नको लागि प्रचण्डले गरेको प्रस्तावमा उनले सिधै ‘रिजेक्ट’ गरेपछि सचिवालयका बहुमत सदस्यले दुवै पदबाट राजीनामा मागिरहेका छन् ।