राजनीति

सुकुम्बासीको झुपडीलाई ‘गोठ’ देख्ने घृणाले भरिएको सामन्ती नजर भन्दै धनराजको आपत्ति

१२ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले खररस्याउलाले छाएको गरीब सुकुम्बासीको प्यारो घर (झुपडी) लाई ‘गोठ’ देख्ने घृणाले भरिएको सामन्ती नजर प्रति घोर आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै खररस्याउलाले छाएको झुपडीलाई सिंहदरवारबाट ‘गोठ’ देख्छ र? गरेका छन् भने तिम्रो अलिशान महलको बसाई प्रति कुनै गुनासो छैन भन्दै आक्रोश पोखेका छन् । सुकुम्बासीका घरहरु भत्काएको बिषयमा सरकारसंग आक्रोशित हुँदै नेता गुरुगंले उक्त टिप्पणी गरेका हुन् ।

उनको ट्वीटः खररस्याउलाले छाएको झुपडीलाई सिंहदरवारबाट ‘गोठ’ देख्छ र? तिम्रो अलिशान महलको बसाई प्रति कुनै गुनासो छैन। तर खररस्याउलाले छाएको गरीब सुकुम्बासीको प्यारो घर (झुपडी) लाई ‘गोठ’ देख्ने घृणाले भरिएको सामन्ती नजर प्रति घोर आपत्ति छ। सुकुम्बासी चेपाङहरुको बास उठाएसँगै अपमान पनि?