समाचार

कोरोना संक्रमणबाट बाराका ६० बर्षिया एक पुरुषको मृत्यु, नेपालमा पगे ४८ जना

१२ साउन, काठमाडौं। बाराको एक गाउँपालीकाका ६० बर्षिया पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा कोरोनासँक्रमणका कारण निधन भएको छ । आजका मृतकपछि नेपालमा कोरोनाबाट मृत्यु हुने ४८ जना पुगेको छ ।

आज १३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेश ब्रिफिगंमा बताएअनुसार ६२६ जना कोरोना मुक्त भएका छन् ।

दैलेखमा २८ जना संक्रमित थपिएको र थप एकजनाको निधन भएको समेत मन्त्रालयले पुष्टी गरेको छ । आज कोरोना संक्रमित भन्दा कयौं गुणा निको भई डिस्चार्ज भएका छन् । संक्रमित जम्मा १८७७२ जना भएका छन् । अहिलेसम्म १३ हजार ७५४ जना निको भएको देखिन्छ ।