पु.समाचार

आज संक्रमितभन्दा कयौं गुणा कोरोना निको भएर फर्किए घर

१२ साउन, काठमाडौं। आज १३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेश ब्रिफिगंमा बताएअनुसार ६२६ जना कोरोना मुक्त भएका छन् ।

दैलेखमा २८ जना संक्रमित थपिएको र थप एकजनाको निधन भएको समेत मन्त्रालयले पुष्टी गरेको छ । आज कोरोना संक्रमित भन्दा कयौं गुणा निको भई डिस्चार्ज भएका छन् । बाराको एक गाउँपालीकाका ६० बर्षिया पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा कोरोनासँक्रमणका कारण निधन भएको हो ।

संक्रमित जम्मा १८ हजार ७७२ जना भएका छन् भने नेपालमा कोरोनाबाट मृत्यु हुने ४८ जना पुगेका छन् । अहिलेसम्म १३ हजार ७५४ जना निको भएको देखिन्छ ।