आर्थिक

माछापुच्छ्रे र कर्मचारी संचयकोषबिच सम्झौता

१२ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोषबिच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याजकनेक्ट आइपिएस मार्फत भुक्तानगर्न सक्ने गरि सहमति भएको छ ।

कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणीहरूले साँवार ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यमबाट भुक्तानीगर्न सक्ने गरि भएको सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायबमहाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफम्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब जुन सुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईनपोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमाक्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्थाअनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण  बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।