आर्थिक

स्टक एक्सचेन्जमा अजोजको एक करोड कित्ता सेयर सूचीकृत

१२ साउन, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय– कायम भएको एक करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरि जम्मा एक करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

शेयर सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्रीले हस्ताक्षर गरे । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।