प्रदेश 1

विराट नर्सिङहोमका चार जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

१२ साउन, काठमाडौं । सरकारले गत चैत्र महिनादेखीको लकडाउन खुकुलो बनाएको केहि दिन नहुँदै मुलुकमा कोरोना संक्रमण झनै जटिल बन्दै गएको देखिएको छ । पछिल्लो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी देखी समुदायस्तरमै कोरोना देखिन थालेको छ ।

यसै क्रममा विराटनगरको विराट नर्सिङहोम विराटनगर अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्रमशः २१,३१,३१ र वर्षीया स्टाफ नर्समा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

बुधबार अस्पताल सञ्चालकमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अस्पतालमा ५८ जना कर्मचारीको पिसिआर परिक्षण गर्दा ४ जना स्टाफनर्समा संक्रमण देखिएको हो ।

अस्पताल सञ्चालकलाई कोरोना भएको पुष्टि भएपछि क्वारेन्टाईनमा बसेका उनिहरलाई आईसोलेसन भर्ना गरिएको बताईएको छ ।