राजनीति

गल्ती सच्याउदै घर जलेका चेपाङकालागि तत्काल नयाँ घर बनाउन नेता शर्माको आग्रह

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गल्ति सच्याउदै घर जलेका चेपाङकालागि तत्काल नयाँ घर बनाउन सरकालाई आग्रह गरेका छन् ।

चितवन माडी–९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर भत्काईएको प्रति चासो देखाउँदै नेता शर्माले यस्तो आग्रह गरेका हुन् ।

केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको विषयमा चौतर्फि आलोचना भईरहेकोबेला नेता शर्माले ट्वीट गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

साथै उनले उक्त गल्ती सच्याई दोषीलाई कार्वाही गर्न सरकारको ध्यानाकर्शन गराएका छन् । नेता शर्माले १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदिन सरकारलाई आग्रह गरेका छन् ।

उनको ट्वीटः सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर,१० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।।