आर्थिक

सुनको मुल्य बढेको बढ्यैः प्रतितोला पुग्यो ९७ हजार ५ सय

१२ साउन, काठमाडौं । चाडपर्व नजिकिकदै गर्दा सुनको मुल्य भने निरन्तर बढेको बढ्यै छ । सोमबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाले बढेको छ ।

आइतबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाले बढेर आज प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।