समाचार

आजदेखी फेरी मनशुन सक्रियः भारी वार्षाको सम्भवना, उच्च सतकर्ता अपनाऔं

१२ साउन, काठमाडौं । आजदेखी फेरी मनशुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखी मनशुन सक्रीय हुँदा मुलुकको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै आज काठमाडौं उपत्यकामा बिहानैदेखी मध्यमखालको वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेकोहो ।

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ । सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै विभागले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।