अन्तर्राष्ट्रिय

कम्तिमा २४ रोहिंज्या आप्रवासी मलेसियाको समूद्रमा डुबेको आशङ्का

एजेन्सी । थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन ।

पोडेर तटमा पुगेका एक रोहिंज्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंज्या सदस्यहरू डुबेको आशङ्का गरिएको एक तटवर्ती अधिकारीले आइतबार बताएका छन् ।

उत्तरी राज्य केडा र पर्लिसका तटीय सुरक्षा गार्ड प्रमुख मोहम्मद जववी अब्दुल्लाहका अनुसार २४ बर्षीय नूर हुसेनलाई लाङ्गकावीको रिसोर्ट टापुमा किनारमा पु¥याएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

“अवैधरूपमा मलेसिया प्रबेश गरेका रोहिंज्या आप्रवासी टोलीका २४ जना डुङ्बाट हाम फालेका तर पौडी खेली जीवन जोगाउन उनी मात्रै सफल भएका व्यक्ति थिए,” जववीले भने ।

वेपत्ता रहेका भनिएका अन्यको खोजी भइरहेको एक अधिकारीले एएफपीलाई बताए । उनका अनुसार समाचार तयार पार्दासम्म कसैलाई पनि जीवित वा मृत अवस्थामा नभेटिएको उनले बताए ।

मुसलमान बाहुल्य मलेसिया रोहिंज्याका लागि रोजिएकको गन्तव्य हो । तीन बर्ष पहिले म्यानमारमा सैन्य कारबाहीपछि भागेर आएका सात लाखभन्दा बढी रोहिंज्या मुसलमानहरुमध्ये धेरैले बंगलादेशको कोक्स बजार जिल्लामा शरण लिई बसेका थिए भने ।

केहीले शिविरमा बढी भीडभाड भएपछि भारत, नेपाल, मलेसिया, इनडोनेसिया लगायतका मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् ।