अन्तर्राष्ट्रिय

नेतान्याहुको मुद्दाको अर्को सुनुवाई डिसेम्बर ६ मा हुने

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकोे सम्लग्नता रहेको भनिएको एउटा ठूलो भ्रष्टाचारसम्बन्धी मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ६ मा हुनेगरी तोकिएको इजरायली प्रतिरक्षा सेनाको रेडियो गलेइ जाहलले आइतबार जनाएको छ ।

नेतान्याहुको भ्रष्ट्राचार मुद्दाको दोस्रो सुनुवाइपछि महामारीको कारण देखाउँदै नेतन्याहुका वकीलले अर्को सुनुवाई सन् २०२१ को सुरूतिर तोक्न आग्रह गरेका थिए । तर नेतन्याहुका वकीलहरूले हप्तामा तीनवटासम्म वयान लिनेगरी अहिलेका सुनुवाईहरूलाई पछि सार्न गरिएको आग्रहपछि इजरायली अदालतले सुनुवाईलाई डिसेम्बरमा सारेको हो ।

“सरकार प्रमुखसमेत रहेका नेतन्याहुले अदालतमा हाजिर भई वयान दिनु पर्ने भएकाले महामारीका समयमा हुने सुनुवाईलाई केही ढिलाई गरिएको कानूनी अधिकारीहरूलाई उद्धृत गर्दै गलेइ जाहल रेडियोले जनाएको छ ।

तेस्रो चरणमा नेतान्याहूका वकीलहरूले उनकाविरुद्धमा अभियोग फिर्ता लिन जेरूसेलम जिल्ला अदालतलाई अनुरोध गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री नेतन्याहुलाई घूस, धोखाधडी र विश्वासघात गरेको आरोप लगाइएको छ । नेतान्याहूलाई भ्रष्टाचार र घूसखोरीका केही मामलाहरुमा केहि वर्षदेखि अनुसन्धान गरिएको छ ।