समाचार

प्रत्यर्पण सन्धि आवश्यकतानुसार हुन्छः सरकार

११ साउन, काठमाडाैँ । सरकारले अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढङ्गले सहयोग अभिवृद्धि गर्न छिमेकी तथा अन्य मित्रराष्ट्रहरुसँग आवश्यकतानुसार पारस्परिक कानूनी सहायता तथा प्रत्यर्पण सन्धि गर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले उक्त जानकारी दिँदै त्यसनिम्ति सरकारले आवश्यक आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिए ।