प्रदेश 1

डा गिरि भन्छन्, ‘बीपीको तस्विर हटाउने होईन, विपीको ८ फीट अग्लो प्रतिमा बनाउँछु’

११ साउन, धरान । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफूले महामानव बिपी कोईराराको तस्वीर नहटाएको बताएका छन् । विपी जस्तो एतिहाशिक पुरुषलाई मैले छेडछाड गरेर गतिलो मान्छे बन्छु भनेका छन् । उनले भने, ‘मैले बीपीको ८ फिट अग्लो प्रतिमा मैले बनाउँछु । डा शेखरले नबनाएको प्रतिमा ६ महिनादेखी एक बर्षमा बनाएर अस्पतालमा राख्ने योजना रहेको डा गिरीले सुर्यखबरलाई बताए ।

उनले बिपी कोईराला महामानव भएको र उनको मुलुकको लागि ठूलो योगदान रहेको आफूले मजाले बुझेको भन्दै बिपी कोईरालाजस्तो व्यक्तीत्वको तस्विर हटाउने कल्पना पनि गर्न नसकिने तर्क गरेका छन् । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा गिरीले काँग्रेसका संस्थापक नेता बीबी कोईरालाको तस्विर हटाएको भन्दै तत्काल यथास्थानमा राख्न नेपाली काँग्रेसको भातृसंस्था नेताल तरुण दलले चेतावनी दिईसकेको छ डा गिरी आलोचित बनेका छन् ।

बौद्धिक ब्यक्तीत्व डा गिरीले आफूले बिपीको फोटो जस्ताको तस्तै राखेको भन्दै सुर्यखबरलाई तस्विर पठाएका छन् । उनले आफूले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको तस्विर राख्ने क्रममा तस्विर झिकिएको हुनसक्ने भने स्विकार गरे । केही ब्यक्तीहरु आफूले बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सुधारमा लागेको चित्त नबुझेकोले गलत प्रचार गरेको उनको दाबी छ ।

उनले तस्विर बिभिन्न आलोचनापछि राखे वा पहिले नै थियो ठोकुवा गर्न नसकेपनि तस्विर यथास्थानमा राखिएको तस्विर पठाएका छन् । धरान तरुण दलका एक नेताका अनुसार भने तरुण दलको चेतावनीपछि डा गिरिले उक्त तस्विर यथास्थानमा राख्न बाध्य भएका हुन् । डा गिरि केही महिना अगाडीमात्र उपकुलपतिमा नियुक्र भएका थिए । स्वास्थ्य क्षेत्रमा अनुभवि रहेका बीपीको तस्विर हटाएपछि डा गिरी एकाएक आलोचित हुन पुगेका हुन्।