राजनीति

गोकुल बास्कोटा प्रश्न गर्छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको?’

११ साउन, काठमाडौं । निबर्तमान संचारमन्त्री एबम् नेकपा नेता गोकुल बाँकस्कोटाले गृहमन्त्रालयले के जात्रा देखाको? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्को बस चढाउने ?भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै, ‘न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको? तत्काल हटाऊ।’ भनेका छन् । नेकपाकै शक्तीसाली नेता एबम् सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापातर्फ आक्रोशित हुँदै प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका नेता बाँस्कोटा गृहमन्त्रीसँग आक्रोशित भएका छन्।

बाँस्कोटाको स्टाटस्ः गृहमन्त्रालयले के जात्रा देखाको? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको? तत्काल हटाऊ।