प्रवास

क्यान्सर पीडित दिलमायालाई सहयोग

११ साउन, पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेका छन् ।

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि २५ हजार सहयोग गरेका हुन् ।

विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ ।