राजनीति

शेरबहादुर/रामचन्द्र/डा आरजूलाई हराउन लागेका जोशीसहित ३ नेता साधारण सदस्यबाट निलम्बित

१० साउन, काठमाडौं । नेपाली कांग्रेस अनुशासन समितिले पूर्ब मन्त्री गोबिन्दराज जोशी, नेता पुष्करनाथ ओली र रामबहादुर बिष्टलाई आगामी ५ बर्षका लागि नेपाली काँग्रेसको साधारण सदस्यबाट निलम्बन गरेको छ ।

बरिष्ठ नेपा रामचन्द्र पौडेललाई गत निर्बाचनमा हराउन लागि परेकोमा नेता जोशीलाई, सभापति शेरबहादु देउवा पत्नी डा आरजु देउवालाई हराउन लागेकोमा पुष्करनाथ ओझालाई र सभापति देउवालाई नै हराउन लागेका भनिएक डडेलधुरा काँग्रेसका नेता रामबहादुर बिष्टलाई कारबाही स्वरुप ५ बर्षका लागि निलम्बन गरिएको हो । अनुसासन समितिमा संयोजक भीष्मराज आङ्दम्बे सदस्यमा धनराज गुरुङ, उमाकान्त चौधरी, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् ।

कारबाहीमा परेकाहरुले अनुशासन समितिले सोधेको प्रश्नको चित्तबुझ्दो उत्तर नदिएको भन्दै कारबाही गरिएको संयोजक आङ्दम्बेद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।