पु.समाचार

किशोर नेपालको आशंकाः अब छिट्टै काँग्रेस/एमाले गठबन्धन सरकार बन्न लागेको हो र?

१० साउन, काठमाडौं । बुद्धिजीवी एबम् बरिष्ठ पत्रकार किशोर नेपालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटकको भेटको स्मरण गरेका छन् । नेपालले स्टाटस् लेख्दै काँग्रेस र एमाले गठबन्धनको सरकार बन्न लागेको त होईन भनेर व्यंग्य गरेका छन् ।
नेपालले पछिल्लो समयमा माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको बिबाद उत्कर्शमा पुग्नु र पूर्व एमालेका अध्यक्ष समेत रहेका बर्तमान नेकपाका पहिला अध्यक्ष केपी शर्मा ओलीको सकृयतामा नेकपा एमाले नामको पार्टी निर्बाचन आयोगमा दर्ता भएको बिषयलाई समेत सांकेतिक रुपमा जोड्दै यस्तो आँकलन गरेका हुन् ।

पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल लगायतले ओलीसँग प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेपछि बिबाद चुलिएको छ । केही दिन मत्थर भएके बिबाद ओलीले नेकपाको अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा नदिने बताएपछि शुक्रबारबाट पुनः उत्कर्शमा पुगेको छ । त्यही राजनीतिक विकासक्रमलाई बिश्लेषण गर्दै बरिष्ठ पत्रकार नेपालले उक्त कुरा बताएको देखिन्छ ।
उनको ट्वीतः मलाइ त खसखस लाग्यो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दुई दुई पटक भेटेर के कुरा गरे होलान रु कि एमाले( कांग्रेस गठवन्धन सरकार बन्दैछ ?