राजनीति

बिद्यार्थीलाई तयारी गर्न समय नपुग्ने भन्दै भदौका सम्पूर्ण परीक्षा सार्न नेविसंघको माग

१० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारको निर्देशनअनसार भदौदेखी गर्न लागेको परीक्षाको तयारी रोक्न त्रिभूवन बिश्वबिद्यालयलाई आग्रह गरेको छ ।

नेपाली काँग्रेसको बिद्यार्थी भातृसंस्था नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गर्दै भदौ १ गतेमात्र सार्बजनिक बसहरु खुल्नेहुँदा बिद्यार्थीहरुलाई परीक्षाको तयारी गर्न कमय कम हुने भन्दै परीक्षाको मिति सार्न आग्रह गरेका छन् ।

त्रिभूवन बिश्वबिद्यालयलगायतलाई लगायतलाई आग्रह गर्दै नेविसंघले बाहिरका बिद्यार्थीहरु कोभिड १९ को त्रास र बाढीपहिरोका कारण आउन गाह्रो हुनेमात्र नभएर परीक्षाको तयारी गर्न समस्या हुने नेविसंघले दाबी गर्दै परीक्षा सार्न आग्रह गरेको हो ।