समाचार

लागुऔषधसहित तीन युवक पक्राउ

१० साउन, जलेश्वर । लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ ।

प्र.२–०३००६प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा– १ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा पिस र पेमाडोल ट्याब्लेट ४० पिस लागुऔषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नदीमा हाम फाल्दा एक बेपत्ता

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा रहेको नदीमा हाम फाल्दा एक किशोर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बेपत्ता हुनेमा स्थानीय अनिल सदाका छोरा १४ वर्षीय बिक्की सदा रहेका छन् । उनी गाउँमै रहेको टेकुना पुलबाट हाम फाल्दा बेपत्ता भएका हुन् ।

साथीहरुसँग नदीमा पौडी खेल्न गएका बिक्की पुलबाट हाम फाल्दा बेपत्ता भई भारततिर बगेर गएको उनका साथीहरुले बताएका छन् । उनको खोजतलाशका लागि नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ एसएसबी परिचालित भएका छन् ।