लुम्बिनी

बाढीबाट सम्भावित क्षति कम गर्ने उपाय

१० साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा वर्षाको समयमा बाढीबाट हुन सक्ने सम्भावित क्षति कम गर्न सुरक्षा निकायले चुस्तदुरुस्त व्यवस्थापन गरेका छन् । विशेष गरी जिल्लामा वर्षाको समयमा हुन सक्ने बाढीका कारण आवश्यक सम्भावित बाढी प्रभावित क्षेत्रमा सम्भावित उद्धारका लागि आवश्यक तालीम युक्त सुरक्षाकर्मीसहित आवश्यक उद्धारजन्य सामग्री तयारी अवस्थामा राखिएको हो ।

दुईवटा मोटरबोट सेट, रबर बोट सेट, थु्रब्यागसहित आवश्यक लाइफ ज्याकेट, हेल्मेट, डोरीलगायत अन्य उद्धारजन्य सामग्रीको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

वर्षाको अवस्था र बाढी प्रभावित क्षेत्रमा आवश्यकता आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालीम युक्त जनशक्तिलाई आवश्यक पर्ने स्थानमा उद्धारका लागि आवश्यक सामग्रीसहित पठाइने योजनासहित तयारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । वर्षाको समयमा विशेष गरी जिल्लाको नारायणी नदीको पानीको बहाव बढ्ने भएकाले सुस्ता गाउँपालिकाका अन्य क्षेत्रको तुलनामा बढी जोखिम मानिने गरिन्छ ।

यसबाहेक अन्य नदीनालाका बढ्ने कारण प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत वर्षामा जोखिम हुने गरेको छ ।

रु १७ लाख बराबरको खसीबोका बरामद

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा सशस्त्र प्रहरीले गए राति रु १७ लाख बराबरको खसीबोका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याइएको ८५ वटा खसीबोका सुस्ता गाउँपालिका–५ रतनगञ्ज क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वार्टरको टोलीले बरामद गरेको हो । बरामद गरिएका सबै खसीबोकालाई आवश्यक कारवाहीका लागि आज महेशपुर भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खतियाले जानकारी दिए । पछिल्लो पटक यस जिल्लामा भारतबाट अवैधरुपमा नेपाल भित्रिने विभिन्न मालसामान सशस्त्र प्रहरीले र नेपाल प्रहरीले टोलीले बरामद गर्दै आएको छ ।