राजनीति

जन्मकैद पाएका रञ्जनलाई छाडेकोमा पुर्वराजाको आक्रोशः न्यायालयले बिश्वास गुमाए राज्य संकटमा

१० साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले न्यायालयप्रति आम नागरिकको विश्वास नरहेपछि राज्य संकटमा पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त छोटो ट्वीट गर्दै सर्वोच्च अदालतको पछिल्लो विवादित फैसलालाई लिएर चर्को आलोचना भइरहेको बेला पुर्व राजा शाहले जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ भनेका छन् ।

श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसलालाई सर्वाेच्चले घटाएर ८ वर्ष छ महिना पुर्याई रिहाई गरेको प्रति चौतर्फि आलोचना भईरहेको बेला पुर्व राजा शाहले यस्तो टिप्पणी गरेका हुन् ।

उनि ८ वर्ष ६ महिनाको कैद सजाय भुक्तान गरी शुक्रबार छुटेका छन् । यतिबेला उक्त प्रकरणमा सामाजिक सञ्जालदेखि सडकमा समेत सर्वाेच्चको यो फैसलाको चर्को विरोध भइरहेको छ । पुर्व राजा शाहाले ट्वीटमा भनेका छन्ः ‘जब न्यायालयप्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य सङ्कटमा पर्छ ।’

उनको ट्वीटः जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ ।