लुम्बिनी

कोरोना संक्रमीतको पीडा बुझ्न जनताको घरमा जनमोर्चा दाङ जिल्ला अध्यक्ष आचार्य

१० साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै अध्यक्ष आचार्यले गरेको सहयोग पर्ती आभारी रहेको कुरा गर्दै धन्यवाद समेत दिएका थिए ।

भेटघाट तथा छलफलको क्रममा धेरै स्थानीय युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएको थियोे । उहाहरुले आफ्नो गाउपालिकाको समग्र बिकास र अनिमिततका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

छिट्टै बङगलाचुली गाउपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गर्ने योजना समेत बनेको छ ।