खेलकुद

पीएसजद्वारा फ्रेन्च कपको उपाधि कब्जा

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि उचालेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।

पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो ।

३१ औं मिनेटमा इटियेनका लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।